नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४ अर्ब ४ करोडकाे ऋणपत्र निष्कासन

काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र आजदेखि निष्कासन तथा बिक्री खुला भएको छ।
यस ऋणपत्रमा फागुन ४ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने फागुन १५ गतेसम्म खुला रहनेछ।
यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ। यस बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख ४० हजार इकाई ऋणपत्र जारी गरेको हो। सोमध्ये बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई १६ लाख १६ हजार इकाई बिक्री गर्ने भएको छ। बाँकी २४ लाख २४ हजार इकाई सर्वसाधारणका लागि खुला भएको छ।
यसमध्ये सामूहिक लगानी कोषहरुका लागि भने ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र छुट्याइएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगाले १० वर्ष अवधिको ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ जारी गरेको हो।यसमा वार्षिक १० प्रतिशतका दरले ब्याजदर दिने बैंकले जानकारी दिएको छ। बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ। यस ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ।
















गृहमन्त्रीद्वारा तीन अध्यादेश पेस
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने
तेस्रो राष्ट्रिय ‘हर्टिकल्चर एक्स्पो’ सुरु
आलोचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँः सांसद पुन
१५ करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया