मंगलबार, वैशाख २२, २०८३

झापाकाे शरणार्थी शिविरमा ८ महिने बालकको हत्या, एक जना पक्राउ

मेरोन्यूज २०८० फागुन १ गते १६:३०

‍‍‍‍‍‍‍‍‍‍‍‍झापा । झापामा आठ महिनाका बालकको हत्या भएको छ।

Advertisement
NiccNicc

हत्या आरोपमा दमक नगरपालिका-३ बेलडाँगी भुटानी शिविर सेक्टर बी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्चवीर घिसिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको छोरा आठ महिनाको एरित ओलीलाई घिसिङले पछारेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पछार्दा तत्काल बेहोस भएका ती बालकको दमक अस्पताल हुँदै किओच बाल अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो।

बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया