असइ हुँ भन्दै हिँड्ने एक महिला पक्राउ
मेरोन्यूज
२०८० फागुन १ गते २१:०५

काठमाडौं । नेपाल प्रहरीको असइ हुँ भन्दै ठगी गर्दै हिँड्ने बैतडी पुर्चौडी नगरपालिका ६ घर भई काठमाडौं चन्द्रागिरि–१४ नैकापस्थित डेरामा बस्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २४ वर्षीया अमिला कुमारी साउँद पक्राउ परेकी हुन्।
उनले राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिने भन्दै ठगी गरेकी हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले डेढ लाख रुपैयाँ ठगी गरेकी थिइन्।
असइको पोशाक समेत प्रहरीले बरामद गरेको छ। उनले आफू असइमा भर्ना भएको र हाल सइ पदमा कार्यरत रहेको बताउँदै आएकी थिइन्। थानकोट वृत्तले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
सम्बन्धित
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया