ताप्लेजुङमा आगलागी हुँदा ८ लाख बराबरको क्षति
मेरोन्यूज
२०८० फागुन १ गते २१:५६

ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–१ सावदेनस्थित एक घरमा मङ्गलबार आगलागी हुँदा घर जलेको छभने त्यहाँ रहेको रु आठ लाख बराबरको धनमाल नष्ट भएको छ ।
आगलागीबाट बुद्धमती लिम्बूको घर पूर्ण रूपमा नष्ट हुँदा रु आठ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आज दिउँसो आगलागी हुँदा दुईतले कच्ची जलेको हो । घरमा रु एक लाख नगद र तीन तोला सुनसमेत नष्ट भएको बताइएको छ ।
फक्ताङलुङ गाउँपालिका–१ का वडाध्यक्ष योज्ञप्रसाद लिम्बूका अनुसार घरमा कोही नभएको समयमा आगो सल्केको थियो । आगलागीको कारण अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सम्बन्धित
















नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
पर्वतको फलेवासमा आमाबा स्वास्थ्य कार्यक्रम सुरु
ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
ओमानसँग नेपाल १०२ रनले पराजित
प्रतिक्रिया