सर्वोत्तम सिमेन्टले १३ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने

काठमाडौं। सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । यस सिमेन्टले पिहलो पटक बुक बिल्डिङमार्फत फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणहरुका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरि बाँकी रहेको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ सेयर भाउमा आइपीओ जारी गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।













चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै
तरकारीकाे मूल्य : सुन्तला प्रतिकिलो रु १४०,स्याउ (झोले) प्रतिकिलो रु २८०
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
प्रतिक्रिया