ललिता निवास जग्गा प्रकरण
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर , २ वर्ष कैद

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय सुनाएको छ।
विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो।
यो मुद्दा यसअघि सबैभन्दा बढी धरौटी तिरेर भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ छुटेका थिए।
तर विशेषले २०७७ माघ २१ गते २ करोड धरौटी माग गरेपछि छुटेका मीनबहादुर अन्तिम फैसलामा दोषी ठहर भएका छन्।
‘मोहीको भूमिकामा रहेका प्रतिवादीहरुको बयान समेतबाट अना’धिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह गरी सट्टा भर्नाको जग्गा प्रतिवादीहरू मीनबहादुर गुरङ, राम कुमार सुवेदी र शोभाकान्त ढकालले नै आफ्नो र आफन्तको नाममा राजीनामा रजिष्ट्रेशन गरेको देखिएको अवस्था हुँदा सट्टाभर्नाको कार्यबाट गैरकानूनी लाभ लिने प्रतिवादीहरू मीनबहादुर गुरुङ, रामकुमार सुवेदी र शोभाकान्त ढकाललाइ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) को कसूरमा सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य प्रतिवादीसरह नै जनही २ वर्ष कैद र विगो बमोजिम रु ८० लाख ४८ हजार जरिवाना हुने ठहर्छ’, विशेषको फैसलामा भनिएको छ।












प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत
सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज २०८२ साल पुस २१ गते सोमबारको राशिफल
एमाले उपाध्यक्ष पौडेल रुपन्देही–२ बाट उम्मेदवार सिफारिस
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया