आगामी आर्थिक वर्षका लागि बजेटको सिलिङ १८ खर्ब तोकियो
मेरोन्यूज
२०८० फागुन ४ गते ११:०३

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्बको बजेट सिलिङ तय भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी १८ खर्ब बजेट सिलिङ रहेको जानकारी दिए ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ नेतृत्वको स्रोत समितिले आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट सिलिङ तयार पारेको हो। सरकारले सोही आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने अर्थमन्त्री महतले जानकारी दिए।
चालू आर्थिक वर्षमा १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेटलाई घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरिएको छ । लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएकाले बजेटको आकार घटाइएको अर्थमन्त्रीले बताएका थिए ।
सम्बन्धित
















सिन्धुपाल्चोकमा वन डढेलो रोक्न अग्नि नियन्त्रण रेखा निर्माण गरिँदै
नातिकाजी स्मृति समाजले साङ्गीतिक क्षेत्रका हस्तीलाई पुरस्कृत गर्ने
इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर
दुर्गमका बासिन्दालाई उपचारका लागि हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता
Home Minister Gurung pays homage to Pashupatinath
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया