प्रहरी कल्याण कोषबाट २२ हजार लाभान्वित

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा प्रहरी कल्याण कोषबाट २२ हजार ८३३ जना सहयोग गरेको छ ।
कोषको सुविधाबाट बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्य लाभान्वित भएका हुन् ।
नेपाल प्रहरीका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्यहरूको लागि विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको केन्द्रीय प्रहरी समाचारमा जनाइएको छ ।
प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै अघि बढ्ने नीति तथा त्यसबाट प्रहरी सेवाप्रति आकर्षण र आस्था अभिवृद्धि हुनका साथै समग्र प्रहरी जनशक्तिको मनोबल बढ्ने अपेक्षा कोषले गरेको समाचारमा उल्लेख छ ।
कोषले विद्यालयस्तरमा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षामा पनि छात्रवृत्ति, स्वास्थ्य तथा औषधोपचार अनुदान शौक्षिक कर्जा, ६ जना छन् । सामाजिक सुरक्षा, काजकिरिया खर्च, विवाह अनुदान, सहुलियत ऋण, घर निर्माण तथा मर्मतसम्भार कर्जा, चारपाङ्ग्रेरदुईपाङ्ग्रे सवारी साधन खरिद कर्जालगायत सुविधा प्रदान गरेको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया