प्रहरी कल्याण कोषबाट २२ हजार लाभान्वित

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको अवधिमा प्रहरी कल्याण कोषबाट २२ हजार ८३३ जना सहयोग गरेको छ ।
कोषको सुविधाबाट बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्य लाभान्वित भएका हुन् ।
नेपाल प्रहरीका बहालवाला र सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवार, अशक्त प्रहरी कर्मचारी र अमर/सहिद प्रहरी परिवारका सदस्यहरूको लागि विभिन्न योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको केन्द्रीय प्रहरी समाचारमा जनाइएको छ ।
प्रहरी कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै अघि बढ्ने नीति तथा त्यसबाट प्रहरी सेवाप्रति आकर्षण र आस्था अभिवृद्धि हुनका साथै समग्र प्रहरी जनशक्तिको मनोबल बढ्ने अपेक्षा कोषले गरेको समाचारमा उल्लेख छ ।
कोषले विद्यालयस्तरमा जेहेन्दार छात्रवृत्ति, उच्च शिक्षामा पनि छात्रवृत्ति, स्वास्थ्य तथा औषधोपचार अनुदान शौक्षिक कर्जा, ६ जना छन् । सामाजिक सुरक्षा, काजकिरिया खर्च, विवाह अनुदान, सहुलियत ऋण, घर निर्माण तथा मर्मतसम्भार कर्जा, चारपाङ्ग्रेरदुईपाङ्ग्रे सवारी साधन खरिद कर्जालगायत सुविधा प्रदान गरेको छ ।













सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन भेनेजुएलाको माग
समानुपातिक उम्मेदवारी फिर्ता लिने सचिन ढकालको घोषणा
आवासीय क्षेत्रमा अमेरिकाले बम आक्रमण गरेको भेनेजुएलाका रक्षामन्त्रीको भनाइ
गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
पुस १७ गते बिहिवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रतिक्रिया