आईसीसी विश्वकप लिग-२
नेदरल्यान्ड्सविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल
मेरोन्यूज
२०८० फागुन ५ गते ९:२४

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालको टीममा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल रहेका छन् ।
करण केसी, सूर्य तामाङ, पवन सरार्फ र आरिफ शेखलाई बाहिर राखिएको छ ।
नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म केवल तीन एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले २ तथा नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड्ससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।
सम्बन्धित
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया