नेपाल ‘ए’ आज क्यानडा-११ सँग खेल्दै

काठमाडौं । नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको पहिलो आज हुदै छ । यो खेल मुलपानी क्रिकेट मैदानमा आज बिहानदेखि शुरु हुने छ ।
मुलपानी क्रिकेट मैदानमा हुने तीन खेलमा फेब्रुअरी १८ मा पहिलो, फेब्रुअरी २० मा दोस्रो र फेब्रुअरी २२ मा तेस्रो खेल हुने तालिका क्यानले यस अघि नै सार्बजनिक गरेको छ ।
क्यानले यसअघि क्यानडाविरुद्ध खेल्ने १६ सदस्यीय नेपाल ए टिमको घोषणा गरिसकेको छ । क्यानले विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो ।
नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।
नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।
त्यस्तै यस अघि नेपालसँग तीन खेलको सिरिज खेलेपछि लिग-२ को अभ्यासका लागि अहिलेसम्म नेपालमै रहेको छ र नेपाल ए सँग सिरिज खेल्न लागेको हो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया