बिहीबार, चैत १९, २०८२

आइतबार बढ्यो सुनको भाउ, ताेलाकाे कति?

मेरोन्यूज २०८० फागुन ६ गते ११:२२

काठमाडौं । नेपाली बजारमा आईतबार सुनचाँदीको मूल्य बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया