चितवनमा ५४२ किलो गाँजासहित २ ट्रक नियन्त्रणमा

चितवन । चितवनमा ५४२ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिँदै दुईजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेहरुमा ना ३ ख ७२४० नं. डिब्बा ट्रक चालक धनकुटा छथर जोरपाटे गाउँपालिका वडा नं. ३ बस्ने ३२ वर्षिय रमेशनाथ दाहाल र ना ३ ख ६१२२ नं. को ट्रकमा सवार कपिलवस्तु बुद्धभुमी नगरपालिका वडा नं. ४ बस्ने २५ वर्षिय खुशिराम थारु रहेका छन् ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक श्याममणी पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाँदा सोमबार बिहान ८ बजे राप्ती नगरपालिका वडा नं. ३ झुरझुरे स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डको छेउमा ना ३ ख ६१२२ नं. को ट्रक र ना ३ ख ७२४० नं. डिब्बा ट्रक सामान पल्टी गरी शंकास्पद अवस्थामा रोकी राखेकोले उक्त दुईवटा ट्रकलाई चेकजाँच गर्ने क्रममा ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा लुकाई छिपाई राखेको अवस्थामा ३९ वटा पोकामा ५४२ किलो लागुऔषध गाँजा फेला परेको र प्रारम्भिक अनुसन्धान गर्दा सो गाँजा धादिङको मलेखुबाट ना ३ ख ६१२२ नं. को ट्रकमा लोड गरी उक्त स्थानमा ल्याई ना ३ ख ७२४० नं. डिब्बा ट्रकमा पल्टी गरेको जिल्ला प्रहरी कार्यालय चितवले जनाएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया