नामिबियामाथि नेदरल्याण्डसकाे शानदार जित
मेरोन्यूज
२०८० फागुन ७ गते १५:०४

काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।
नामिबियाले दिएको १२४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको थियो ।
नामिबियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्डसका बलर आर्यन दत्तले सर्बाधिक ६ विकेट लिएका थिए । आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए । यो जितसँगै नेदरल्याण्डसले लिग-२ मा २ अंक हासिल गरेको छ ।
लिग-२ का २-२ खेल सकिदा नेपाल, नामिबिया र नेदरल्याण्डसको २-२ अंक भएको छ र रनरेटको आधारमा नेपाल शिर्ष स्थानमा रहेको छ ।
सम्बन्धित
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया