राससको ६३औँ वार्षिकोत्सव
वाणिज्य सङ्घलाई फुटबल प्रतियोगिताको उपाधि

महेन्द्रनगर (कञ्चनपुर)। ७ फागुन स् राष्ट्रिय समाचार समिति (रासस) को ६३औँ वार्षिकोत्सवको अवसरमा कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कञ्चनपुर उद्योग बाणिज्य सङ्घले जितेको छ ।
कञ्चनपुर उद्योग बाणिज्य सङ्घले राससको टोलीलाई ६–४ गोलअन्तरले पराजित गरेको हो ।
महेन्द्रनगरस्थित राष्ट्रिय बाल विद्यालयको खेलमैदानमा भएको मैत्रीपूर्ण फुटबलमा कञ्चनपुर उद्योग बाणिज्य सङ्घका लागि मान चन्द र महेश जोशीले दुई दुई तथा बृजकिशोर चन्द र जङ्गबहादुर मल्लले एक एक गोल गरेका थिए । यस्तै राससको टोलीबाट पत्रकार विकास महताले ह्याट्रिक गोल गरेका थिए भने खेलको अन्तिम समयमा रासस कञ्चनपुर कार्यालयका प्रमुख शेरबहादुर सिंहले एक गोल गरेका थिए ।
मैत्रीपूर्ण खेलको उद्घाटन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाको श्री नं। २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, उद्योग बाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्ल, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर जोशी, कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेशबहादुर चन्द, होटल व्यवसायी सङ्घका अध्यक्ष जगदीशप्रसाद जोशी, औषधि व्यवसायी सङ्घका अध्यक्ष रामचन्द्र बुढा, पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधवसिंह धामी, श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङ्ग ठकुरी, सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका अध्यक्ष दिनेश श्रेष्ठ, वरिष्ठ पत्रकार चित्राङ्ग थापालगायतको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा रासस कञ्चनपुर कार्यालयका प्रमुख शेरबहादुर सिंहले पहिलो पटक जिल्लामा राससले वार्षिकोत्सव मनाउने क्रममा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको जानकारी दिए । समापन कार्यक्रमको सञ्चालन रासस प्रतिनिधि महादेव अवस्थीले गरेका थिए ।

















बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियो : सभापति थापा
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुंगाबाट एकजना पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया