पोर्चुगलमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै

लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको हो ।
हरेक वर्ष विभिन्न देशमा सम्मेलन गर्दै आएको समाजले यसपटक युरोपेली मुलुक पोर्चुगलमा सम्मेलन गर्न लागेको समाजद्वारा लिस्बनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । विश्वभर छरिएर रहेका नेपाली भाषा, साहित्य र संस्कृतिका अध्येता, लेखक र साहित्यकर्मीहरूको भेला रहने सम्मेलनको व्यापक तयारी भइरहेको अनेसास पोर्चुगलका महासचिव एनबी अन्जानले जानकारी दिए ।
सम्मेलनमा अनेसासका केन्द्रीय समिति, बोर्ड अफ ट्रष्टी, आजीवन सदस्य, साहित्यकार, भाषाविद्, कलाकर्मी, संस्कृतिविद्लगायत गरी विश्वभरका ५० भन्दा बढी च्याप्टरबाट एक सय बढी साहित्यकर्मीको सहभागिता रहने महासचिव अन्जानले बताए ।
सम्मेलनमा नेपाली साहित्यमा महिला सहभागिताबारे छलफल, अनेसासका बारेमा छलफल, डायस्पोरा साहित्यबारे विशेष छलफल र चर्चा गरिने उनले बताए । तीन दिनसम्म चल्ने सम्मेलनमा सम्मान तथा नवरत्न पुरस्कार वितरण, पुस्तक लोकार्पण, बहुभाषिक, सांस्कृतिक कार्यक्रम तथा बहुभाषिक काव्यगोष्ठीका साथै विभिन्न भाषा, कला, साहित्य र संस्कृतिमाथि कार्यपत्र प्रस्तुत र छलफल गरिने बताइएको छ ।
महासचिव अन्जानका अनुसार सम्मेलनको पहिलो दिन विश्व नारी दिवस विशेष कार्यक्रम हुनेछ भने दोस्रो दिन विशेष साहित्य सम्मेलन तथा बहुभाषिक काव्यगोष्ठी र तेस्रो दिन काव्यिक भ्रमणको कार्यक्रम तय गरिएको छ । सो अवसरमा अनेसासका केन्द्रीय सदस्य एवं पत्रकार यादव देवकोटाले ‘नेपाली साहित्य र अबको चुनौती’ विषयमा नेपाली भाषा, साहित्य र संस्कृतिका विज्ञसँग बहस गर्ने कार्यक्रमसमेत रहेको छ ।
समाजले सम्मेलनलाई भव्यरूपमा सम्पन्न गर्नका लागि विश्वभरका साहित्यकर्मी, कवि, लेखक, पत्रकार तथा सम्पूर्ण संघसंस्थासँग सहयोगको अपिलसमेत गरेको छ ।

















कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियो : सभापति थापा
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
NC will not protect anyone involved in corruption: NC President Thapa
Boy injured due to accidental gunshot in Sarlahi
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
पेस्तोल र गोलीसहित नागढुंगाबाट एकजना पक्राउ
पेस्तोल र गोलीसहित नागढुङ्गाबाट एकजना पक्राउ
प्रतिक्रिया