क्यानडा- ११ विरुद्ध नेपाल ‘ए’ टीमले पहिला फिल्डिङ गर्ने

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ टीमले पहिला फिल्डिङ गर्ने भएको छ ।
मुलपानी क्रिकेट मैदानमा क्यानडाविरुद्ध नेपाल ‘ए’ टीमका कप्तान सन्दीप जोराले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ९ः ३० बजेदेखि शुरु हुने जनाइएकाे छ ।
यस अघि सम्पन्न पहिलो खेलमा क्यानडा– ११ ले नेपाल ए लाई ४ विकेटले पराजित गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ‘ए’ टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो ।
क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ ।
क्यानडाले यहि फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ । नेपाल ए र क्यानडाले तेस्रो खेल २२ फेब्रुअरीमा खेल्ने तालिका रहेको छ । त्यसपछि क्यानडा युएई जाने छ ।
क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।
नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।
नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया