पर्सामा एकअर्काको धार्मिक स्थलमा विरोध नगर्नेसहित ५ बुँदे सहमति

पर्सा । पर्सामा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नेगरी ५ बुँदे सहमति भएको छ ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगञ्जमा झडपको स्थिति उत्पन्न भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फूयू जारी गरेपछि उत्पन्न समस्या समाधान गर्न ५ बुँदे सहमति गरिएको हो ।
मंगलबार बसेको सर्वपक्षीय छलफलमा वीरगञ्जसहितका स्थानमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्नेगरी ५ बुँदे सहमति भएको हो ।
यही हुन् सहमति जुटेको ५ बुँदा
१. सयौँ वर्षदेखि कायम रहेको जात–जाती, भाषा, धर्म, समुदाय सम्प्रदायबीचको एकतालाई अझ मजबुत गराई नेपाली जनतावीचको सुसम्वन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामूहिक प्रतिवद्धता गर्ने ।
२. एकअर्काको आस्थाको केन्द्र तथा धार्मिक स्थलहरुको सम्मान गर्दै यस्ता स्थान तथा धार्मिक स्थलहरुमा नाराबाजी, जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने । यस किसिमका गतिविधि गर्ने जो सुकैलाई प्रचलित कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्ने ।
३. जिल्लाभित्र खुलमखुला रुपमा डिजे बजाउने र चर्को माइक बजाउने कार्य रोक्ने, लाठी, भाला, राँके जुलुश निकाल्ने लगायतका कृयाकलाप गर्नेविरुद्ध कानुन बमोजिम कारबाही गर्न प्रशासनसमक्ष अनुरोध गर्ने र यस अभियानमा सबैले सहयोग गर्ने ।
४. जिल्लाको शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सदभाव विगार्ने एवं दृन्दलाई उक्साउने प्रकारका अवान्छित गतिविधिहरु, धार्मिक सम्प्रदायिक याली, जुलुश, बन्द हडताल लगायतका कुनै पनि गतिविधिहरु कुनै पनि संघ, संस्था एवं समुदायले नगर्ने । यसमा सबै राजनितिक दल, स्थानीय तह, नागरिक समाज, संघ, संस्था एवं सरोकारवालाहरुले सहयोग गर्ने ।
५. सामाजिक सञ्जालमा कुनै पनि जात, धर्म वा समुदाय लक्षित गरी नकारात्मक कुराहरु पोष्ट गर्ने गराउने उपर प्रशासनबाट कानुन बमोजिम कडा कारवाही गर्ने ।
















One dies in motorcycle accident
36 days to go for voting: Officers assigned for monitoring election code of conduct
सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति ?
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया