न्यूजील्याण्डमाथि अस्ट्रेलियाको शानदार जित

काठमाडौँ। अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।
न्यूजील्याण्डले दिएको २१६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । अन्तिम २ ओभरमा जितका लागि २५ रन आवश्यक भएकोमा मिचेल मार्श र टिम डेभिडले अस्ट्रेलियालाई जित दिलाएका थिए ।
अस्ट्रेलियाका लागि कप्तान मिचेल मार्चले ४४ बलमा अविजित ७२ रन बनाएका थिए । त्यसैगरी टिम डेभिडले १० बलमा आक्रामक ३१ रन बनाएका थिए ।
त्यसैगरी डेभिड वार्नरले ३२, ट्राभिस हेडले २४, ग्लेन म्याक्सवेलले २५ र जोश इंगलिसले २० रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २१५ रन बनाएको थियो । न्यूजील्याण्डका लागि रचिन रविन्द्रले ३५ बलमा ६८ रन बनाएका थिए भने डेभोन कोनवेले ६३ रन बनाएका थिए । त्यसैगरी फिन एलेनले ३२, ग्लेन फिलिप्सले १९ र मार्क चाम्पम्यानले १८ रन बनाएका थिए ।
यस खेलमा अस्ट्रेलियाविरुद्ध २१५ रन बनेसँगै अस्ट्रेलियाको नाममा एक अनौठो रेकर्ड बनेको छ । अस्ट्रेलियाविरुद्ध लगातार चार खेलमा विरोधी टिमले २०० भन्दा बढी रन बनाएका छन् । यो टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक भएको हो ।
यो जितपछि अस्ट्रेलियाले ३ खेलको सिरिज मा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल आगामी शुक्रबार हुने छ ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया