रौतहट प्रहरीले बरामद अवैध सामान कारबाहीका लागि भन्सार कार्यालयमा बुझायो
मेरोन्यूज
२०८० फागुन ९ गते १६:५८

काठमाडौं। जिल्ला प्रहरी कार्यालय रौतहटले बरामद गरेको भन्सार छलेर ल्याएको सामान गौर भन्सार कार्यालयलाई कारबाहीका लागि बुझाएको छ ।
मंगलबार प्रहरी गस्ती टोलीले रौतहट यमुनामाई–१ र ईशनाथ– ४ स्थित भारतबाट अवैध रुपमा भन्सार छलेर भित्र्याएको करिब सवा लाख रुपैयाँ बराबरका चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार गौर भन्सार कार्यालयलाई आवश्यक कारबाहीका लागि बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।
उनका अनुसार भन्सार छलेर ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई बरामद गरिएको १ लाख १७ हजार २०५ रुपैयाँ बराबरको चप्पल, जुत्ता र किराना लगायतका समानहरु बुधबार आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको हो ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
प्रतिक्रिया