शनिबार, वैशाख १९, २०८३

माछापुच्छ्रे गाउँपालिकाले दियो एन्फा विरुद्ध अदालतमा उजुरी

मेरोन्यूज २०८० फागुन ११ गते ७:२८

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले अखिल नेपाल संघ (एन्फा) विरुद्ध अदालतमा उजुरी दिएको छ ।

Advertisement
NiccNicc

एन्फाले भिडाबारीमा बनाउने भनेको एकेडेमी अलपत्र छोडेको भन्दै कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले एन्फा विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका छन्।

एन्फाले फिफा एकेडेमी सञ्चालन गर्ने ड्रिम प्रोजेक्ट अनुसार काम सुरु भएको थियो। पालिकाले समेत केही रकम लगानी गरेकोमा अहिले काम ठप्प भएपछि काम सुरु गर्नुपर्ने नत्र गाउँपालिकाको रकम असुल हुनुपर्ने भन्दै मुद्दा दायर गरिएको हो।

अध्यक्ष गुरुङले काम अविलम्ब सुरु गर्न माग गर्दै अदालतमा मुद्दा दिएका हुन्। अदालतले पहिलो सुनुवाइ गर्दै लिखित जवाफ माग गरेको छ। 

प्रतिक्रिया