काठमाडौंमा १३ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

काठमाोडौं। कीर्तिपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला अदालत, काठमाडौंको आदेश अनुसार रोशनकुमार शर्मालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो। प्रहरी वृत्त, कीर्तिपुरका अनुसार उनले १३ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्।
आफ्नी जेठी छोरीलाई ललाइफकाइ ७ पुसमा भेट गर्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ। उनलाई तीन दिनसम्म साथी रितिकको कोठामा राखेर पटक-पटक बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ।
छोरी नआएपछि प्रहरीसँग सहयोग लिएर खोजतलास गर्दा उनलाई त्यहाँ फेला पारेको आमाले बताएकी छन्। रोशनका साथी रितिकविरुद्ध समेत उनले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको छ।













कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
रास्वपाको समानुपातिक बन्दसूचीबाट आसिफले लिए नाम फिर्ता, प्रत्यक्षमा लड्ने
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
टी-२० विश्वकपको ट्रफी पुस २१ मा नेपाल आइपुग्ने
प्रतिक्रिया