काठमाडौंमा १३ वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ

काठमाोडौं। कीर्तिपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १९ वर्षीय युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
जिल्ला अदालत, काठमाडौंको आदेश अनुसार रोशनकुमार शर्मालाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो। प्रहरी वृत्त, कीर्तिपुरका अनुसार उनले १३ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडितकी आमाले प्रहरीमा जाहेरी दिएकी थिइन्।
आफ्नी जेठी छोरीलाई ललाइफकाइ ७ पुसमा भेट गर्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ। उनलाई तीन दिनसम्म साथी रितिकको कोठामा राखेर पटक-पटक बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ।
छोरी नआएपछि प्रहरीसँग सहयोग लिएर खोजतलास गर्दा उनलाई त्यहाँ फेला पारेको आमाले बताएकी छन्। रोशनका साथी रितिकविरुद्ध समेत उनले जबरजस्ती करणी उद्योगमा जाहेरी दिएकोमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने निर्णय गरेको छ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया