भक्तपुरबाट सम्पर्कविहीन ३३ वर्षीय पुरुषको दुई दिनपछि शव फेला

काठमाडौं । भक्तपुरबाट बेपत्ता एक ३३ वर्षीय पुरुषको दुई दिनपछि शव फेला परेको छ। तेह्रथुमको छथर गाउँपालिका–२ घर भई हाल भक्तपुरको सिपाडोल बस्ने ३३ वर्षीय गोपाल प्रसाद ढकालको शव फेला परेको हो।
उनी दुई दिनअघि भक्तपुरस्थित डेराबाट सम्पर्कविहीन भएका थिए। आज उनको शव भक्तपुर नगरपालिकाको ८ नम्बर वडा कार्यालय नजिकै फेला परेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी बसन्त पाठकका अनुसार ढकालको शव रोशन बस्नेतको दुईतले गोठको भुईं तलामा परालले छोपेको अवस्थामा फेला परेको छ। शरीरका विभिन्न भागमा चोटपटक लागेको र शरीर रक्ताम्य देखिएकाले उनको हत्या भएको हुनसक्ने प्रहरीको आसंका रहेको छ।
उनी यही फागुन ९ गते भक्तपुरस्थित डेराबाट तेल किन्न जान्छु भनी निस्किएकोमा घर नफर्किएपछि आफन्तले भोलिपल्ट प्रहरी वृत्त जगातीमा हुलियासहित निवेदन दिएको थियो। त्यसपछि प्रहरी टोली उनको खोजीमा जुटेको थियो। प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान थालिएको जनाएको छ।












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया