कृत्रिम तालको बाँध निर्माण थालियो

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा नारेश्वर ताल निर्माणको काम थालिएको छ । कृत्रिम ताल निर्माणका लागि बाँधको भित्तो काट्ने काम सुरु भएको हो ।
व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा निर्माण हुन लागेको उक्त कृत्रिम तालको बाँध निर्माणअन्तर्गत भित्तो काट्ने कार्यको सुरुआत गरिएको छ । पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । कृत्रिम ताल सिचाइँ, मस्त्यपालनका साथै पर्यटनमार्फत आयआर्जन गर्ने लक्ष्य छ ।
ताल निर्माणका लागि चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत रु दश लाख, व्यास नगरपालिकाबाट रु ५० लाख र गण्डकी प्रदेश सरकारबाट रु एक करोड ५० लाख विनियोजन भएको छ । ताल निर्माणका लागि जिएस निर्माण सेवासँग रु एक करोड ८४ लाखमा आव २०७९÷८० असारमा ठेक्का सम्झौता भएको इन्जिनियर जगन्नाथ चापागाईले जानकारी दिए ।
इन्जिनियर जगन्नाथ चापागाईले उनले भने, “सम्झौताअनुसार एक वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने हो । तर, सर्भेका कारण ढिलाइ भयो । भर्खर मात्र ताल निर्माणका लागि कटिङको काम सुरु गरेका छौँ”, उनले बताए ।
उनका अनुसार आव २०८०÷८१ को असार मसान्तमा कृत्रिम ताल निर्माण सम्पन्न हुनेछ । नगरपालिकाले ताल निर्माणका लागि करिब २५ रोपनी जग्गा अधिग्रहण गरेको छ । आन्तरिक एवं बाह्य पर्यटकलाई जलविहार गराउने उद्देश्यले ताल निर्माण गर्न लागिएको नगर प्रमुख न्यौपानेले बताए । उनका अनुसार ताल निर्माणका लागि दुम्सीचौर क्षेत्रका २० परिवारको जग्गा अधिग्रहण गरिएको छ । सो वापत उनीहरुलाई रु एक करोड ३७ लाख ६० हजार वितरण गरिएको छ ।
उपभोक्ताको २५ र ऐलानी जग्गा करिब २० रोपनी गरी कूल ४५ रोपनी क्षेत्रफलमा ताल निर्माण गर्न गरिनेछ । देवीडाँडा पर्यटन प्रवद्र्धन विकास समिति र नारेश्वर ताल पर्यटन प्रवद्र्धन विकास समिति बनाएर वडालाई कृषि एग्रो पर्यटकीय क्षेत्र बनाउन लागिएको छ । पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक पर्यटकीयस्थल देवीडाँडामा वनभोजस्थल र भ्यू टावर निर्माण गरेर फूलैफूलको बगैँचा बनाउने योजना बनाइएको छ । उक्त स्थानबाट सिधै फुड ट्रयाक बनाएर खहरेस्थित छाङ्गा बाराही मन्दिर जोड्ने लक्ष्य छ ।
व्यास मार्ग हुँदै पर्यटक छाङ्गा बाराही मन्दिरको अवलोकनपश्चात् निर्माण गरिएको सिँढी चढ्दै देवीडाँडा पुग्न सकिनेछ । देवीडाँडामा निर्माण गरिएको भ्यू टावरबाट दृश्यावलोकनपश्चात् दुम्सीचौरस्थित कालिका मन्दिरको दर्शन गरी थालीडाँडा घरबास (होमस्टे)मा पुगेर बास बस्ने व्यवस्था मिलाइने छ । यहाँबाट बन्दीपुर, दमौली, फराकचौर, गजौडे, मादी, दरबार, मिर्लुङकोट, क्यामिनकोट, मानुङकोट र गलेखामकोटलगायत स्थानको अवलोकन गर्न सकिन्छ ।
नारेश्वर तालमा जलविहार गराई तालघरे मार्ग हुँदै पृथ्वी राजमार्गमा पुगेर पर्यटक गन्तव्यमा पुग्न सक्नेछन् । तालमा डुङ्गा चलाउने, तालको दायाँबायाँ कटेज तथा फुड ट्रयाकलगायतका संरचना निर्माण गरिनेछ । नारेश्वर खोलाको पानी थुनेर ताल निर्माण गरिनेछ । तालको तीन सय मिटर लम्बाई र चौडाई ४० देखि ७० मिटर रहने छ । तालको गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटर हुनेछ । आठ मिटर उचाइको बाँध बाँधिने इञ्जिनियर चापागाईले बताए ।
तालमा ३० हजार घनमिटरसम्म पानी संकलन गर्न सकिनेछ । स्थानीय पदम दरैले ताल निर्माण भएपछि पर्यटकको आगमन बढ्ने बताए । उनले भने, “ताल निर्माणले पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्नेछ ।” स्थानीयलाई आयआर्जनसँग जोड्ने लक्ष्यका साथ ताल निर्माण थालिएको हो ।
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया