राप्रपा नेपालले १ चैत्रमा गर्ने जनप्रदर्शनको तयारी थाल्याे

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १ चैतमा काठमाडौंमा गर्ने वृहत्त जनप्रदर्शनको तयारी सुरु गरेको छ।
पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न समिति गठन गर्दै प्रदर्शनको तयारीलाई तीव्रता दिएको हो।
चैत्र १ गतेको जनप्रदर्शनलाई प्रभावकारी बनाउनको निमित्त उपत्यकाको २९ स्थानमा कोणसभा गरिने निर्णय भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
आगामी फागुन १८ गते काठमाडौंको १ र ६ नम्बर क्षेत्रबाट कोणसभाको शुभारम्भ हुनेछ। उपत्यकाको काठमाडौं, ललितपुर, भक्तपुरका धेरै क्षेत्रमा कोणसभा आयोजना हुनेछन्।
बैठकले राजिव पराजुली, केशबराज श्रेष्ठ र दमन बस्नेत रहेको आर्थिक समिति गठन गरिएको छ।
यसैगरि पुरु दाहाल, विकास प्रजापती र कुमार गजुरेल रहेको सामाजिक सञ्जाल परिचालन समिति गठन गरिको छ। राप्रपा नेपालले भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न,
भ्रष्टहरूलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधान गर्न जनआन्दोलनको तयारी गर्ने निर्णय गरेको हो।
















इलाम गोल्डकप : फाइनलमा एनआरटी र मच्छिन्द्र भिड्ने
महान्यायाधिवक्ता कँडेलविरुद्धकाे रिट निवेदनमा ‘कारण देखाउ आदेश’
शेखर गोल्छा पक्राउ
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न सांसदको माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
प्रतिक्रिया