सन नेपाल लाइफले लाभांश वितरण गर्दै
मेरोन्यूज
२०८० फागुन १३ गते १३:०२

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ पुग्नेछ । यस्तै, कम्पनीको सञ्चालक समिति बैठकले बोनस सेयर वितरणपछि कायम हुने पुँजीमा २७ प्रतिशत (१ः०.२७ अनुपातमा) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।

सम्बन्धित
















विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया