शुक्रबार, वैशाख १८, २०८३

रौतहटमा ४ किलो गाँजासहित एकजना पक्राउ

मेरोन्यूज २०८० फागुन १३ गते १६:१४

रौतहट ।  रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो ग्राम लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्।

Advertisement
NiccNicc

गाँजासहित पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका- १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन्।

बिशेष सूचनाको आधारमा गुजरा- ४  लाल बकैया नदीको बाँधमा आइबार दिउँसो जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हरिनगरको संयुक टोलीले  चेकजाँचको क्रममा पैदल यात्री अन्सारीको झोलाबाट ४  किलोग्राम लागुऔषध गाँजा बरामद भएको एसपी श्रेष्ठले जानकारी दिएका छन् ।

पक्राउ परेका अन्सारी गाँजासहित इलाका प्रहरी कार्यालय लक्ष्मिनियाँ विजयपुरको हिरासतमा रहेका र कानुनी कारबाही प्रक्रियाअगाडि बढाइएको जिल्ला प्रहरी कार्याय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

पछिल्लो समय मकवानपुरको विभिन्न स्थानबाट तस्करले लुकाइछिपाई लागूऔषध गाँजा ल्याएर सीमावर्ती भारतीय बजारहरुमा पुर्‍याउने गरेकाे  प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया