राष्ट्रियसभा बैठक बस्दै, आज देखी प्रि बजेटमा छलफल सुरू हुने

काठमाडौं । राष्ट्रिय सभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।
बिधायन ब्यवस्थापन समितिकी सभापति जयन्ती देवी राइले ‘बिधायन ब्यवस्थापन समितिको बार्षिक प्रतिबेदन २०७९/८०’ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमार रावल (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, बन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र बन्यजन्तु बिचको दन्दको अबस्था प्रतिबेदन, २०८०’ सभा समक्ष पेश गर्ने छिन् ।
उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन बिधेयक २०७६ फिर्ता गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
अर्थ मन्त्री प्रकाशशरण महतले आब २०८१/८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसुची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।
















बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : कस्ताे रहला आज दिनभरकाे माैसम ?
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रतिक्रिया