नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम
मेरोन्यूज
२०८० फागुन १४ गते १३:०१

काठमाडौं। नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा ११ बजेदेखि सुरु हुनेछ ।
यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको कम्पनीले जनाएको छ । जसकारण लगानीकर्ताहरुको हात खलीहुने छ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको कम्पन्रीले जानाएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ ।
तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा सेयरधनीहरुको संख्या नपुगेकाले सभा स्थगित गरिएको थियो ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया