वाफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज, नेपाल र लेवनान भिडदैँ

काठमाडौं । साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुदै छन् ।
आज पहिलो सेमिफाइनलमा जोर्डनले प्यालेस्टाइनको सामना गर्दै छ । साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७ः ४५ बजेदेखि शुरु हुने छ ।
जोर्डन समुह ए मा तिनै खेलमा विजयी भएर समुह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने प्यालेस्टाइन समुह बी मा ३ मध्ये २ जित र एक हारसहित उपविजेता हुदै सेमिफाइनलमा पुगेको हो ।
त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा नेपाल र लेबनान खेल्दै छन् । जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नै हुने यो खेल नेपाली समय अनुसार साँझ १०ः ४५ बजेदेखि शुरु हुने छ ।
यस प्रतियोगितामा नेपालकी सावित्रा भण्डारी साम्बाले सर्बाधिक ८ गोल गरेर सर्बाधिक गोलकर्ताको सूचीमा शिर्ष स्थानमा रहेकी छन् ।
प्रतियोगिताको फाइनल खेल आगामी विहिबार हुने छ ।
















युएइमा इरानी मिसाइल र ड्रोन आक्रमण : ३ जना घाइते
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
मौसम पूर्वानुमान: आज यी प्रदेशमा वर्षाको सम्भावना
आज कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया