भारतीय स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा रौतहटका २ युवकको मृत्यु

रौतहट । सर्लाही स्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुईजना युवकको मृत्यु भएको छ ।
गए राति साँढे ८ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका वडा ६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताएका छन। दुर्घटनामा घाइते दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल कौडेना र मुसैलीको बीच एकआपसमा जुधेको डीएसपी थारुले जानकारी दिए का छन्।
दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक भने फरारभएको तथा उसको खोजी भईरहेको प्रहरीले जनाएको छ। मृतक दुवैजनाको शव पोष्टमारटमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।
भर्खरै कालोपत्रे भएको हुलाकी सडकखण्डमा चालकले तिब्रगतिमा सवारी चलाउने गरेको कारण दैनिकजसो सवारी दुर्घटना भईरहेको सर्लाही प्रहरीले जनाएको छ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया