घाईते अवस्थामा उद्दार गरिएको बाघको मृत्यु

बारा । पर्साको ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरबाट ‘डार्ट’ गरी घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटे बाघको मृत्यु भएको छ ।
घाइते अवस्थामा उद्धार गरेर निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको बाघको सोमवार बिहान मृत्यु भएको हो ।
बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाबारको खोरमा रहेको घाईते वयस्क पाटे बाघलाई आईतवार राती निकुञ्जका कर्मचारीले खाना दिएका थिए तर सोमवार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।
यसअघि समेत निकुञ्जको खोरमा रहेको ३ वटा पाटे बाघ मध्ये एक बघिनीको मृत्यु भएको थियो । करिव १० वर्ष उमेरको बाघ अर्को भाले बाघसँग जुध्दा घाईते भएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए ।
उनका अनुसार घाईते बाघलाई भेटेरीनरी अस्पताल तथा विज्ञ चिकित्सकको सहयोगमा उपचार भइरहेको थियो ।
उनले भने,‘बाघलाई औषधी उपचार भईरहेको भएतापनि बचाउन भने सकिएन, मासुमा चिकित्सकको सल्लाह अनुसारनै औषधी हालेर खुवाईरहेका थियौै तरपनि बचाउन भने सकिएन, हुनत सधै जंगलमा बस्ने, कुद्ने जनावरलाई खोरमा बचाउन नसकिने रहेछ ।’
मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वर्षको अन्तरालमा ४ वटा वयस्क बाघले ज्यान गुमाईसकेका छन् ।
हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनि बाघको सङ्ख्या बढ्दै गएको हो ।१२ वर्ष अघिसम्म यो निकुञ्जमा ३ वटामात्र बाघ थिए ।
गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो । बाघको संख्या बढेसँगै बासस्थानको अभाव हुदा बाघहरु आफै आफै जुधेर घाईते हुने र घाईते बाघले बस्तीमा पसेर जनधनको क्षती पुर्याउते गर्दछन् । हाल नेपालमा ३ सय ५० वटा पाटे बाघ छन् ।
















आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
अमेरिकाले लज्जास्पद हार व्यहोरेको इरानका सर्वोच्च नेताको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया