बारा विस्फोट : मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं । बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । विस्फोटमा परी घाइते भएका वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो।
निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो ।
विस्फोटमा घाइते वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवाल र वीरगञ्ज -९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो । तीन जना घाइतेको उपचार भइरहेको छ ।
विस्फोटबाट कारखानानजिकका घरहरूमा समेत क्षति पुगेको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ। प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया