निःशुल्क आँखा शिविरमा एक हजार ३३१ जनाले सेवा लिए

सर्लाही। लायन्स क्लब अफ लालबन्दीको आयोजनामा भएको तीनदिन निःशुल्क आँखा शिविरमा एक हजार ३३१ जनाको सहभागिता भएकाे छ । जसमध्य २२२ जनामा मोतिया विन्दु फेला परेको छ भने ५५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
पहिलो दिन लालबन्दी ७ स्थित जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा ३९१ जनाको आँखा जाँच गरिएको ३९१ जनामध्ये ९५ जनामा मोतिया विन्दु फेला परेको थियो । जानकी माध्यमिक विद्यालयमा भएको शिविरमा १५० जनालाई निःशुल्क चश्मा वितरण गरिएको आयोजक लायन्स क्लब अफ लालबन्दीका पूर्व अध्यक्ष चिरन्जीवी खतिवडाले जानकारी दिए ।
दोस्रो दिन परवानिपुरमा भयको निःशुल्क आँखा शिविरमा ४५६ जनाको आँखा परीक्षण गरिएकोमा ६० जनामा मोतिया विन्दु फेला परेको थियो भने शिविरमा २०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ । तेस्रो दिन रानिगन्जमा गरियको निःशुल्क आँखा शिविरमा ४ सय ८३ जनाले आँखा परीक्षण गराएकोमा आँखा शिविरमा ४ सय ८३ जनाले आँखा परीक्षण गराउँदा ६७ जनामा मोतिया विन्दु फेला परेका लाइन्स क्लब अफ सर्लाहीका फष्ट भ्वाईस प्रेसिडेन्ट बिभुसिंह थापाले जानकारी दिए ।
तीनवटै शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीलाई निःशुल्क फागुन १८ र १९गते लालबन्दी ५ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले सञ्चालन गरेको परोपकार आँखा उपचार केन्द्रमा तिलगङ्गा आँखा अस्पताल काठमाडौंबाट विशेषज्ञ डाक्टरहरु बाट शल्यक्रिया गरिने रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सभापति धुर्व प्रसाद घिमिरेले बताए ।
















इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया