कैलालीमा १५ वर्षीया किशोरी गर्भवती
मेरोन्यूज
२०८० फागुन १५ गते १९:४१

धनगढी । कैलालीमा १५ वर्षीया किशोरी गर्भवती भएकी छन्।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ की १५ वर्षीय किशोरी गर्भवती भएको प्रहरीले जनाएको छ। उनी गर्भवती भएपछि घटनामा संलग्नविरुद्ध मुद्दा दर्ता गरिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो। माघ २ गते गौरीगंगाकी ती किशोरीमाथि करणी भएको थियो।
उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजुले औषधि सेवन गर्न लगाइएकी थिइन्। किशोरकी भाउजुलाई प्रहरीले पक्राउ गरेको छ।
फागुन ७ गतेमात्र घटना प्रहरीमा आएको र किशोर फरार रहेको बताइएको छ। चौमाला क्षेत्रका नेताहरूले घटनामा मिलापत्रका गर्न पहल गर्दै आएको आरोपसमेत लागेको छ।
सम्बन्धित
















इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया