बुधबार, वैशाख ९, २०८३

दलको नेता र इन्चार्ज दुवै पदबाट हटाइएपछि खगराज भट्टले भने- मेरो ३४ बर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन

मेरोन्यूज २०८० फागुन १६ गते १३:४४

काठमाडौं । माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश इन्चार्जबाट हटाइएपछि खगराज भट्टले असहमति जनाएका छन् ।

Advertisement
NiccNicc

बुधबार बसेको माओवादीको स्थायी समिति बैठकले नेताहरूको कार्यविभाजन गरेको थियो । जसअन्तर्गत सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्ज र केन्द्रीय सदस्य बिना मगरलाई सह-इन्चार्ज बनाइएको छ । यसअघि सुदूरपश्चिमको इन्चार्जमा भट्ट रहेका थिए ।

माओवादीको यस कार्यविभाजनप्रति असहमति जनाउँदै भट्टले लेखेका छन्, ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ बर्ष को राजनीतिक जीवन समाप्त पार्ने डिजाइन अस्वीकार्य छ।’

भट्टलाई माघ १२ गते प्रदेश संसदीय दलको नेताबाट पनि हटाइएको थियो ।

प्रतिक्रिया