शुक्रबार, पुष १८, २०८२

मेयर बालेनले ‘टर्चर’ दिएको महानगरकी महिला कर्मचारीको आरोप

मेरोन्यूज २०८० फागुन १६ गते १६:२७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक महिला कर्मचारीलाई विनाकारण टर्चर दिनुका साथै जिम्मेवारीविहीन बनाएको भन्दै कानुनी उपचार खोज्ने घोषणा गरेकी छन् ।

महानगरपालिकामा कार्यरत आठौँ तहकी वरिष्ठ कानुन अधिकृत सस्मिता घिमिरेले मेयर शाहको प्रशासनले विनाकारण जिम्मेवारीविहीन बनाएको र कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइएको भन्दै कानुनी र पेसागत लडाई लड्ने घोषणा गरेकी हुन् ।

प्रतिक्रिया