दोभान-सान्थाक्रा सडक कालोपत्र हुने

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्म सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो ।
मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्र योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङगाम (डम्बर) ले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच रू तीन करोड ३७ लाखको ठेक्का सम्झौता भएको छ ।
चालु आवको बजेटले सडकमा नाली र ग्राभेल लगायतको काम गरिने अध्यक्ष हाङगामले बताउनुभयो । आगामी आवभित्र सडक कालोपत्र गरिसक्ने गाउँपालिकाको योजना रहेको उनको भनाइ छ ।
दोभान–सान्थाक्रा सडक गाउँपालिकाको गौरवको योजना भएकाले सोहीअनुसार पालिकाले बजेट विनियोजन गरेको पालिकाले जनाएको छ । पालिकासँग बजेट पर्याप्त नभएकाले प्रदेश तथा सङ्घीय सरकारसँग पनि आवश्यक बजेटका लागि पहल गरिरहेको उनले बताए ।
स्थानीय तहको समपूरक बजेटसँग साझेदारी गरेर योजना कार्यान्वयन गर्न मिल्ने व्यवस्था भएअनुसार प्रदेश तथा सङ्घीय सरकारसँग बजेटका लागि समन्वय भइरहेको अध्यक्ष हाङगामको भनाइ छ ।
मेरिङ्देन, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थलका रूपमा यस ठाउँलाई लिइन्छ । यो सडक स्तरोन्नति भएसँगै यहाँका बासिन्दालाई यातायातको सहजता हुनेछ ।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया