कार्य विभाजनमा असहमति जनाएका माओवादी नेता जनार्दन शर्मा कतार प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा कतार प्रस्थान गरेका छन् ।
नेता शर्मा Qatar Airways QR647 मार्फत १८:४५ बजे कतार प्रस्थान गरेका हुन् ।
शर्माले आजै पार्टीको स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजनमा असन्तुष्टी जनाएर फरक मत राखेका थिए ।
पार्टी अध्यक्ष कै जिम्मेवारीमा समेत प्रश्न उठाउदै शर्माले प्रचण्ड परिवारका सदस्यहरु नारायण दाहाल र बिना मगरको जिम्मेवारीमा लिखित फरक मत नै राखेका थिए ।
शर्माले फरक मत राखेर फायर खोलेकै दिन कतार प्रस्थान गर्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । शर्माले आफु बागमती प्रदेशको इन्चार्ज हुन चाहेका थिए ।
तर उनी र उनि निकट सुदुरपश्चिम प्रदेशका नेता खगराज भट्टसम्मले कुनै जिम्मेवारी नपाएपछि शर्माले फरक मत पार्टीमा राखेका थिए ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्षविरुद्ध फायर खोलेकै दिन शर्मा कतार प्रस्थान गरेपछि कतिपयले उनको भ्रमण गठबन्धन सरकारसंग समेत जोडिएको बताउन थालेका छन् ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया