बिहीबार, माघ १, २०८२

विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?

मेरोन्यूज २०८० फागुन १७ गते ८:१५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०रूपैयाँ १५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ । यसैगरी बिहिबार युरोको र बेलायती पाउण्डको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०८ पैसाले बढेको हो । बुधबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसामा भएको थियो । 

बिहिबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ २० पैसा र बिक्रीदर १४३ रूपैयाँ ८४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ४४ पैसाले घटेको हो। बुधबार यसको खरिददर १४३ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४४ रूपैयाँ २२ पैसामा कारोबार भएको थियो ।  

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ ४४ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रूपैयाँ २१ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६७ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६५ पैसामा कारोबार भएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४४ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ४९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।

यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १८ पैसा र बिक्रीदर ४३२ रूपैयाँ १८ पैसा तोकिएको जनाएको छ ।
 

प्रतिक्रिया