नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको बुधबार ९फागुन १६ गते० बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले साधारणसभाको निर्णयमा नियमनकारी नियकाबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न निर्देशन वा सुझाव दिएमा सोही मुताबिक गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले संस्थापक शेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल र एनआइएमबि स्टक मार्केट्सको गत आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरणहरु पनि अनुमोदन गर्नेछ। यसका साथै सभामा गत आर्थिक वर्षको बैंकको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया