नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वार्षिक साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आफ्नो ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
बैंक सञ्चालक समितिको बुधबार ९फागुन १६ गते० बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले साधारणसभाको निर्णयमा नियमनकारी नियकाबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न निर्देशन वा सुझाव दिएमा सोही मुताबिक गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले संस्थापक शेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले बैंकको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल र एनआइएमबि स्टक मार्केट्सको गत आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरणहरु पनि अनुमोदन गर्नेछ। यसका साथै सभामा गत आर्थिक वर्षको बैंकको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गरिनेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।
















आज महावीर जैनको २६२५औँ जन्मजयन्ती मनाइँदै
बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड
प्रअले छात्रवृत्ति रकम हिनामिना गरेपछि…
काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया