मानव बेचबिखनमा संलग्न मियाँ पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभनमा पारी एक महिलालाई श्रीलङ्का पु¥याई बेचबिखन गरेको आरोपमा मियाँलाई पक्राउ गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिए । मियाँले पीडित महिलालाई सुनौली हुँदै भारतको नयाँदिल्ली पु¥याइ त्यहाँका एजेन्टमार्फत श्रीलङ्का पठाएको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।
पीडित महिला श्रीलङ्का पुगेपछि त्यहाँ उनलाई ६८ दिनसम्म राहदानीलगायत कागजात जफत गरी बन्धक बनाएर राखेको खुलेको छ । उनलाई मानसिक यातना दिने तथा कुटपिट गर्ने गरेको पाइएको प्रवक्ता फुँयालले बताउनुभयो । पक्राउ परेका मियाँलाई जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
















स्वास्थ्य बिमामा तीनै तहका सरकारको लगानी आवश्यकः मन्त्री गौतम
‘स्टन्ट’ गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ
राष्ट्रियसभामा दुई प्रतिवेदन पेस
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया