बुधबार, वैशाख २३, २०८३

टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मेरोन्यूज २०८० फागुन १८ गते ११:३२

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत शुक्रबारको खेलमा नेपालले टस हारेर नामिबिया विरुद्ध पहिले ब्याटिङको निम्तो पाएको छ। त्रिवि मैदान कीर्तिपुरमा टस जितेर नामिबियाका कप्तान जेजे स्मिथले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

Advertisement
NiccNicc

आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ। आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन्। ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरालाई बाहिर राखिएको छ।

घरेलु मैदानमा यसअघिका दुई खेल हारेको नेपाललाई बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ।

प्रतिक्रिया