मुख्यमन्त्री कप भलिबल : एपिएफ क्लब र गण्डकी फाइनलमा

सङ्खुवासभा । सशस्त्र प्रहरी बलको एपिएफ क्लब र गण्डकी प्रदेश सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
आज सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै गण्डकीले फाइनलमा एपिएफ क्लबसँगको भेट पक्का गरेको हो । गण्डकीले पुलिस क्लबलाई ३–२ सेटले पराजित गरेको हो । सो खेलमा गण्डकी १७–२५, २५–२१, २६–२४ र १५–११ अङ्कले विजयी भयो ।
यस्तै अर्को सेमिफाइनल खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० सेटले पराजित गरेको हो । एपिएफ क्लबले सो खेल २५–१६, २५–२२ र २५–१९ अङ्कले जितेको हो । फाइनल खेल शनिबार हुने छ । शनिबार नै तेस्रो स्थानका लागि आर्मी क्लब र पुलिस क्लबबीच खेल हुने छ ।
प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुने टोलीले रु ५० हजार तथा चौथोले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विभागीय टोलीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, र कोशी प्रदेश सहभागी थिए । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिवल सङ्घको संयोजनमा यही फाुगन १५ गतेदेखि मुख्यमन्त्री कप भलिबल सञ्चालन भएको हो ।
















पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया