सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालनको तयारी पूरा

इनरुवा (सुनसरी) । सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ । स्वास्थ्य कार्यालयले यही फागुन २१ देखि आगामी चैत १ गतेसम्म सञ्चालन हुने दादुरा–रुबेलाविरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ खोप लगाउने बुथ निर्धारण गरिएको छभने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाइँले जानकारी दिए ।
त्यसैगरी, खोप अभियान सञ्चालनका लागि एक हजार नौ सय ८६ स्वास्थ्यकर्मी र दुई हजार नौ सय ९९ स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने तयारी भएको उनले जानकारी दिए । सुनसरीमा नौ महिनादेखि पाँच वर्षसम्मका दुई लाख ४९ हजार आठ सय २५ बालबालिकालाई खोप लगाउने तयारी भएको प्रमुख प्रसाइँले बताए ।
्खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्तरण, खोपलगायत कार्य भएको उनले बताए । जिल्लामा पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर विषेशरुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गरे ।
जिल्ला समन्वय समितिका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा सुनसरीका प्रहरी प्रमुख विपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासङ्घका कोषाध्यक्ष अजितकुमार झालगायतको सहभागिता रहेको थियो ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया