शनिबार, फागुन २, २०८२

मदारबाबा मेलाबाट फर्कने क्रममा एक भारतीय नागरिकको मृत्यु

मेरोन्यूज २०८० फागुन १९ गते २२:०७

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जारी मदारबाबा मेला गएर फर्कँदै गरेका एक भारतीय नागरिकको मृत्यु भएको छ । विनय त्रिवेणी गाउँपालिका–६ मा रहेको मदारथान पुगेर फर्कँदै गरेका भारत उत्तर प्रदेशका ३८ वर्षीय पङ्कजकुमार कुशहवा खैरेनी जङ्गलमा अचेत भई ढलेकामा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार मदारबाबा पूजा गरी फर्कने क्रममा भिरबाट लडेका कुशहवालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको थियो । त्यहाँ उपचारका क्रमम उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

यही फागुन १७ गतेदेखि सुरु भएको मेला २७ गतेसम्म सञ्चालन हुने छ । हिन्दू र मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मदारथान मेलामा भक्तजनको घुइँचो लागेको छ ।

बाक्लो भिडका कारण मदारथानसम्म जान उकालो पहाड चढ्नुपर्छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०को सुस्ता महलबारीबाट बाबाको मुख्य मजारसम्म पुग्न नौ किलोमिटर पैदल हिँड्नुपर्छ । यस वर्ष करिब १० लाख भक्तजन मेलामा आउने कुतबुल मदार बगाह दरगाह कमिटीले जनाएको छ ।

मदारबाबा मुस्लिम समुदायका गुरु रहे पनि सबैका प्रतिष्ठानको रूपमा रहेको धार्मिक विश्वास छ । मेलामा भारत र नेपालका लाखाँै हिन्दूहरूले वर्षौँदेखि पूजा गर्दै आएका छन् । त्यसैले यसलाई हिन्दू र मुस्लिमको साझा आस्थाको केन्द्रको रूपमा लिने गरिन्छ ।

प्रतिक्रिया