शनिबार, मंसिर ६, २०८२

वैवाहिक जीवनमा प्रवेश गरिन् अभिनेत्री नन्दिता केसी

मेरोन्यूज २०८० फागुन २० गते ७:१६

काठमाडौँ । अभिनेत्री नन्दिता केसी आजदेखि वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । शनिवार एक समारोहकाबिच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कसेकी हुन् ।

नन्दिता र अरविन्द्रको विवाह समारोह काठमाडौँको होटल शंकरमा आयोजना गरिएको हो ।

वैवाहिक समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएको थियो । भुवन केसी लगायतका फिल्मकर्मी पनि नन्दितालाई बधाई दिन पुगेका थिए । बेहुली पहिरनमा उनी आकर्षक र खुशि देखिएकी थिइन् ।

प्रतिक्रिया