प्रिमनसुन अवधि सुरु : आज देशभर बदली हुने

काठमाडौँ। नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो ।
हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो ।
मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।
उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ ।
काठमाडौँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।









नबिल बैंकको अन्तर्राष्ट्रिय भुक्तानी सेवा २७ शाखामा विस्तार
अफ्रिकामा हवाई यात्रु वार्षिक ६ प्रतिशतले वृद्धि
हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत
सुनचाँदीको मूल्य निरन्तर अकासिदो
यस्ताे नाराका साथ ३४औँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी
आज मंसिर १५ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि
सरकारले जनाधार भएका पार्टीसँग छलफल गरी चुनाव सुनिश्चित गर्नुपर्छ : संयोजक दाहाल
एनपीएलमा सुदूरपश्चिम रोयल्सको दबदबा
महाधिवेशनले उन्नत र रूपान्तरित एकता प्रदर्शन गर्ने अध्यक्ष ओलीको विश्वास
प्रतिक्रिया