पुण्य गौतम र युवराज सफल पक्राउ
मेरोन्यूज
२०८० फागुन २० गते १८:५२

काठमाडौं। प्रहरीले पुण्य गौतम र युवराज सफललाई पक्राउ गरेको छ।
शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका उनीहरुलाई त्रिवि शिक्षण अस्पताल बाहिरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
दुवैलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।
उनीहरुले चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत अवस्थामा भेटिएकी छात्रा १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
स्काउटको डोरीले घाँटीमा झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक जाँचको प्रतिवेदनमा उनको ‘झुण्डिएको कारण’ मृत्यु भएको उल्लेख छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया