काठमाडौँमा बेग्लाबेग्लै घटनामा दुईको मृत्यु

काठमाडौँ । काठमाडौँका दुई ठाउँँमा आज भएका बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३ धुम्बाराही चोकमा बसको ठक्करबाट दोलखा गौरीशङ्कर गाउँपालिका–८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको मृत्यु भएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे चोक डेरा गरी बस्ने ४३ वर्षीय सुजन गुरुङ आफ्नै डेरा कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । उक्त घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न भागमा भएका घटनामा १० जनाको मृत्यु भएको छ । पाँचजना मृत फेला परेका र पाँचजनाको दुर्घटनामा परी ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यसैगरी, ललितपुर महानरपालिका–४ एकान्तकुनास्थित खनाल पोल्ट्रीबाट नगद रु चार लाख र एक थान मोबाइल आज चोरी भएको छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया