शुक्रबार, वैशाख ४, २०८३

सरकारमा अन्य दललाइ पनि समेट्ने नयाँ गठबन्धनबिच सहमति

मेरोन्यूज २०८० फागुन २१ गते १८:११

काठमाडौं। आज देखी सत्तारूढ भएका प्रमुख चार दल अन्य दललाइ सहभागी गराउन सहमत भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेकपा माओवादी केन्द्र नेतृत्वको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल गठबन्धन प्रति सकारात्मक अन्य दललाइ नयाँ सरकारमा समावेश गर्न सहमत भएका हुन् । 

नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाइ पनि गठबन्धनमा समेटने निर्णय गरे पछि बसेको प्रमुख चार दलको बैठकमा सो सहमति भएको हो । प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा बनेको नयाँ गठबन्धनमा सो सहमति बनेका उनका स्वकिय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।  

‘सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको संकल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसङ्ग सम्वाद गर्दै अरु दललाई समेत सहभागी गराएर सरकारलाई पुर्णता दिने सहमतिमा पुगेका छन,’ प्रधानमन्त्रीका स्वकिय सचिव मल्ले भने  । 

प्रतिक्रिया